काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार थप पाँचसहित ३०६६ जनाको कोरोना संक्रमणका का।ण मृतयु भएको छ ।
मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी चार हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो । ४९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो ।
आज थपिएका सङ्क्रमितमध्ये १९६ काठमाडौँ उपत्यकाका छन् । त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १४५ रहेका छन् । गत २४ घन्टामा १५७ सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ ।
हाल देशभर चार हजार ३८४ सङ्क्रमित आइसोलेसनमा छन् । तीमध्ये तीन हजार ८९४ होम आइसोलेसनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेसनमा छन् । देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । रासस








प्रतिक्रिया