मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ५५९ जना कोरोना सङ्क्रमित थपिए, थप १३ जनाको मृत्यु

नेपालमा ५५९ जना कोरोना सङ्क्रमित थपिए, थप १३ जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १०५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
चार हजार ३७८ जनाको पिसिआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये सबैभन्दा बढी काठमाडौँमा १५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३८ रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७४ हजार १६५ पुगेको छ । निको हुने दर भने ९७ दशमलव सात प्रतिशत रहेको छ । 
 
अहिले देशभर तीन हजार ३०६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ क्वारेन्टिनमा छन् । बाँकी आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares