बिश्व घटना

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।  कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।
 
गत २४ घन्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस सुरु भएयताकै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।
 
पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यसवर्ष सुरु भएपछि हालसम्मको तथ्यांकलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । 
 
भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजारभन्दा बढी रहेको छ । यद्यपि एक करोड २१ हजार ५७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । 
 
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।  सिन्ह्वा रासस

शेयर गर्नुहोस:

108
Shares