मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर गैँडाको संख्या ७५२ पुग्यो, चितवनमा मात्रै ६९४ गणना

देशभर गैँडाको संख्या ७५२ पुग्यो, चितवनमा मात्रै ६९४ गणना


चितवन । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको संख्या वृद्धि भएको विवरण सार्वजनिक भएको छ ।  
 
गैँडाको संख्या देशभर ७५२ पुगेकोमा चितवन निकुञ्जमा ६०५ बाट वृद्धि भई गैँडाको संख्या ६९४ पुगेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शनिबार सौराहामा पत्रकार सम्मेलनमार्फत् गैँडाको तथ्याङ्क सार्वजनिक गरेको हो । 
 
करिब ६ वर्षको अवधिमा चितवन निकुञ्जमा ८९ वटा गैँडा बढेका छन् । देशभर गैँडाको संख्या वृद्धि भई ७५२ पुगेको छ । सन् २०१५ को गणनामा देशभर गैँडाको संख्या ६४५ रहेको थियो । ६ वर्षको अवधिमा नेपालमा १०७ वटा गैँडा बढेका छन् । 
 
 
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार चितवन निकुञ्जमा भाले १२८, पोथी १७४, लिङ्ग नछुट्टिएको ३९२ गरी ६९४ पुगेको छ ।  
 
यस्तै, बर्दिया निकुञ्जमा भाले १४, पोथी १९, लिङ्ग नछुट्टिएको ५ गरी ३८, शुक्लाफाँटा निकुञ्जमा भाले ३, पोथी ४, लिङ्ग नछुट्टिएको १० गरी १७, पर्सा निकुञ्जमा भाले १, पोथी १ र लिङ्ग नछुट्टिएको गरी ३ वटा गैँडा भेटिएका छन् । 
 
बर्दियामा ६ वर्षको अवधिमा ९ वटा, शुल्लाफाँटामा ९ वटा गैँडा वृद्धि भएका छन् । पर्सा निकुञ्जमा भने गैँडाको संख्या बढेको छैन ।  
 
सन् २०१५ मा गरिएको गणनामा चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यस पटक गरिएको गणनाका क्रममा पनि पर्सा निकुञ्जमा तीनवटै गैँडा भेटिएका छन् ।

शेयर गर्नुहोस:

81
Shares