मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिने : नेता नेपाल

निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिने : नेता नेपाल


मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताएका छन् ।  
 
नेकपा (एमाले) मोरङ जिल्ला कमिटीद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए । 
 
पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताहरुको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिए ।  
 
उनले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी जनताको पार्टीप्रतिको आशा एवं विश्वास जगाउने कार्य भइरहेको बताए । 
 
कार्यक्रममा युवा नेताहरु जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डा देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।  
 
सोही अवसरमा नेता नेपालले चन्द्रवीर राईको  अध्यक्षतामा ३२५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रको अध्यक्षमा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गरे । रासस