मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा देवकोटा निर्वाचित

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा देवकोटा निर्वाचित


हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा नुवाकोटका शिव देवकोटा निर्वाचित भएका छन् । 
 
निर्वाचनमा देवकोटाले ५४१, चितवनका हरिप्रसाद पोखरेलले ४२१, मकवानपुरका गिरिजाप्रसाद अधिकारीले २६१ मत प्राप्त गरेका थिए ।
 
त्यसैगरी उपाध्यक्षमा मकवानपुरका रुपेश दुलाल र महिला उपाध्यक्षतर्फ पनि सोही जिल्लाकी नानीमैया (सम्झना) कार्की निर्वाचित भएका छन् । महासचिवमा मकवानपुरका कृष्णसारु मगर, सचिवमा सिन्धुपाल्चोकका युवराज पुरी, सचिवमा समावेशीतर्फ दोलखाका जीवन लामा र सिन्धुलीका राजन विक तथा कोषाध्यक्षमा रामेछापका रमेश ढुङ्गेल विजयी भएका छन् ।
 
खुल्ला सदस्यमा जीवन कुँवर, रामहरि गजुरेल, श्यामप्रसाद खतिवडा, सन्तोष भुजेल र सुदीप शिवाकोटी तथा महिला सदस्यतर्फ अन्जु तामाङ, सम्झना हुँमागाईं, ज्ञानु श्रेष्ठ र दलित सदस्यतर्फ केशव नेपाली निर्वाचित भएका छन् ।
 
सदस्यमा आदिवासी जनजातितर्फ काजी श्रेष्ठ र पेमा लामा तथा सदस्य मधेसीतर्फ पवित्रा ढकाल भगत र प्रवीणकुमार दत्त एवं अल्पसङ्ख्यक सदस्यतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । रासस

शेयर गर्नुहोस:

108
Shares