प्रवास

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

प्रकाशित |
मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।  
 
उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् । अभिनेता कुमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।  
 
कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया