मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा एकैदिनमा ७० हजार सङ्क्रमित तीन हजारको मृत्यु

ब्राजिलमा एकैदिनमा ७० हजार सङ्क्रमित तीन हजारको मृत्यु


ब्राजिलिया । ब्राजिलमा एकैदिनमा सङ्क्रमितहरुको सङ्ख्या बढ्ने क्रममा ७० हजार नाघेको छ  ।
 
सरकारी अधिकारहिरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाभाइरसबाट ७० हजार २३८ जना सङ्क्रमित भएका हुन् । त्यसैगारी सोही अवधिमा ब्राजिलमा कोरोनाभाइरसका कारण दुई हजार ९२२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 
 
ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट एक करोड २९ लाख १० हजार ८२ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख २८ हजार २०६ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
 
दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा दोस्रो अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने ब्राजिलपछि तेस्रोमा धेरै प्रभावित मुलुकको सूचीमा भारत रहेको छ । सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोड १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच लाख ६७ हजार ६०० भन्दा बढीको मृत्यु भएको छ । सिन्ह्वा