मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।
 
सो अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
 
कूल सङ्क्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । 
 
भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड  ३० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।
 
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । 
 
मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । सिन्ह्वा 
 

शेयर गर्नुहोस:

54
Shares