मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा


ब्रासिलिया । ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएको बताइएको छ ।
 
राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको समाचार जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।
 
गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिनु भएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।
 
 सन्  २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ।कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।
 
ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ । सिन्ह्वा