मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर १४१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

देशभर १४१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।       
 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८२  निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई  लाख ७२ हजार ६१२ रहेको छ । निको हुने दर भने ९८ दशमलब ४ प्रतिशत रहेको छ । 
 
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ ।  उनीहरुमध्ये ५६ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् ।  हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार २७ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

432
Shares