मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित


पेरिस । फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।   
 
त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।  
 
अघिल्लो वर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ । 
 
सवैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरु रहेका छन् । फ्रान्समा भन्दा पछाडि छैठौँ स्थानमा बेलायत रहेको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares