मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना

भारतीय राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना


भारत । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । “राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो, उहाँले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।   
 
राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन् ।  
 
विदेश भ्रमणमा रहे पनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए । उनले राष्ट्रपतिका छोरासँग उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उनको अवस्थाका बारेमा कुराकानी गरेको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ । एएनआई