बिश्व घटना

भारतको कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्युृ

भारतको कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्युृ


नयाँ दिल्ली । भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । 
 
बिहीबार राति भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको  प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताए । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताए । 
 
कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ । सिन्हवा

शेयर गर्नुहोस:

540
Shares