मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य : नेता पौडेल

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य : नेता पौडेल


मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय  प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन् । 
 
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसंँगको कुुराकानीमा उनले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्त्वपूर्ण कार्य रहेको बताए । 
 
वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरे । 
 
उनले सबै राजनीतिक दलबीच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल एवं गृहकार्य जारी रहेको औँल्याए । नेता पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट गरे । रासस

शेयर गर्नुहोस:

216
Shares