मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह


काठमाडौँ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । 
 
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइँलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन् ।  
 
उनले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे । अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजान भनेका छन् ।  
 
“घरबाहिर खुलास्थानमा नबसौ, नखेलौँ, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ । 
 
बालबालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् ।  
 
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आह्वान् गरेका छन् ।