मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्रिकेट रङ्गशाला निर्माणका लागि मेची–महाकाली अभियान दोधारा–चाँदनीबाट सुरूवात

क्रिकेट रङ्गशाला निर्माणका लागि मेची–महाकाली अभियान दोधारा–चाँदनीबाट सुरूवात


कञ्चनपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मेची–महाकाली अभियानका यात्री टिम कञ्चनपुरमा पुगेको छ । 
 
कञ्चनपुरस्थित महाकाली नदी तटीय क्षेत्र दोधारा–चाँदनीबाट सुरूवात भएको अभियान भीमदत्त, कृष्णपुर नगरपालिकामा सहयोग संकलन गरेको हो । अभियानको उद्घाटन दोधारा–चाँदनी नगरका मेयर वीरबहादुर सुनारले गरेका थिए ।
 
अभियानका क्रममा कृष्णपुर नगरपालिका–७ मा रहेका संघसंस्थाहरुले ८० हजार ४ सय ६६ रूपैयाँ र गुराँस युवा क्लब कञ्चनपुरले १७ हजार ३ सय २५ रूपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । आर्थिक अभाव भएकै कारण संकलनका लागि मेची–महाकाली अभियानको गर्नु परेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।
 
‘अभियानको मूल उद्देश्य आर्थिक सहयोग संकलन भएको बताउँदै अध्यक्ष कट्टेलले भने रङ्गशाला उधारोमा बनिरहेको बताए । उनले भने, ‘अहिले फाउन्डेसनको खातामा पैसा छैन । बजारमा उधारो रकम तिर्नुपर्ने धेरै छ । 
 
अभियान महाकालीबाट सुरू भई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रङ्गशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू हुनेछ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अर्जुन भूषाललगायत छन् । 
 
रङ्गशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने उनले बताए ।