मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जर्मनीले आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने

जर्मनीले आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने


बर्लिन । युरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् । 
 
विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायहरूलाई लागु गर्ने अनुमान अधिकारीहरूले गरेका हुन् ।
 
जर्मनीले गत फेब्रुअरीमा लामो समयदेखि बन्द विद्यालयलाई खुलाउने घोषणा गर्दै क्रमशः अन्य क्षेत्रलाई पनि क्रमशः सामान्य अवस्थामा फर्किने व्यवस्था गरेको थियो ।
 
जर्मनीमा तेस्रो लहरको सङ्क्रमण फैलिएपछि उद्योग तथा व्यवसायलाई बन्द गर्ने तयारी गरिरहेको अधिकारीहरूले शनिबार र आइतबार गरेका छलफलका क्रममा बुझिएको हो । यद्यपि मर्केलले यस विषयमा अन्तिम निर्णय लिनुपूर्व सोमबार क्षेत्रीय सरकार प्रमुखहरूसँग भेट गर्ने बताएका छन् । 
 
आइतबार सार्वजनिक तथ्याङकमा विगत सात दिनमा जर्मनीमा प्रति एक लाख जनसङ्ख्यामा १०३ व्यक्ति सङ्क्रमित दर भेटिएको बताइएको छ । 
 
यसैबीच, यूरोपका अन्य दुई मुलुक फ्रान्स र पोल्याण्डमा पनि फेरि आंशिक रुपमा लकडाउन लागू भएको छ । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आंशिक लकडाउन लागू गरिएको हो ।
 
राजधानी पेरिससहित फ्रान्सका १६ स्थानमा महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि आंशिक लकडाउन लागू भएको हो । यसबाट दुई करोड १० लाख मानिस प्रभावित भएका छन् ।
 
पोल्याण्डमा पसल, होटल तथा खेलकुद र सांस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्रहरु प्रभावित भएका छन् । तीन हप्तासम्म पोल्याण्डभर लकडाउन लागू हुनेछ । एएफपी