मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या छैन : डब्लुएचओ

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या छैन : डब्लुएचओ


जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ ।
 
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।
 
यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्यसम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको हो ।
 
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन् ।
 
रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।
 
उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो । त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः सुरु गर्ने बताएका छन् ।
 
यता पछिल्लो समयमा भाइरसको संक्रमण वृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः सुरु भएको छ ।
 
युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो ।
 
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम ग्याब्रियसले सो शुक्रबार सो आग्रह गरेका छन् । उनले शुक्रबार विश्वका देशहरुका नाममा जारी गर्नुभएको अपिलमा सो खोपका विरुद्ध गलत प्रचार नगर्न पनि भनेका छन् । 
 
यो खोपले अप्ठेरोमा परेका विश्वका देशहरुलाई कोरोना भाइरसको प्रकोपबाट रोक्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएको प्राप्त समाचारमा जनाइएको छ ।
 
पछिल्लो समयमा युरोपका देशहरुमा कोरोना भाइरसको संक्रमण थप बढेको अवस्थामा खोप बाहेकको अर्को विकल्प पनि केही नदेखिएकोले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने र खोप लगाउने काम गर्नुपर्ने उनको सुझाव छ ।
 
कोभ्याक्समार्फत् विश्व स्वास्थ्य संगठनले हाल विश्वका कतिपय देशहरुमा वितरण गरिरहेको कोरोना विरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी यही खोप रहेको छ । एजेन्सी