मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सत्र बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षको भेला सम्पन्न

सत्र बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षको भेला सम्पन्न


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । 
 
भेलाले पार्टी विधानविपरीत विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर र परिवर्तन तथा पार्टी सदस्यसमेत नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने गत फागुन २८ गतेको निर्णय अवैधानिक रहेको ठहर गरेको छ । 
 
भेलाले गत फागुन २८ गतेको निर्णय रद्द गरी क्रमशः स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न माग गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई अवैधानिक ठहर गर्दै संसद् बैठक बोलाउने सर्वोच्चको फैसलाको स्वागतसमेत गरेको छ । 
 
भेलामा पुराना कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमलप्रसाद कोइराला, राधाकृष्ण मैनाली, शीतल झा, केशरमणि पोखरेललगायत सहभागी थिए । बुधबार सुरु भएको भेलामा देशभरबाट नेपाल पक्षीय अगुवा नेता कार्यकर्ताको उपस्थिति थियो । रासस