बिश्व घटना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसङ्घको माग


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गरेको छ । 
 
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्य वृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेकी हुन्   
 
“कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसङ्घले घोर निन्दा र भत्र्सना गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
 
नेविसङ्घले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् । 

शेयर गर्नुहोस:

108
Shares