मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ब्राजिलमा एक करोड १४ लाख बढी सङ्क्रमित, दुई लाख ७८ हजारको मृत्यु

ब्राजिलमा एक करोड १४ लाख बढी सङ्क्रमित, दुई लाख ७८ हजारको मृत्यु


साओ पाओलो । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । 
 
अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । 
 
यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २ लाख ७८ हजार २२९ जनाको ज्यान गएको छ । 
 
यो सङ्क्रमणबाट गएको २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा मात्र यो सङ्क्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ । 
 
यसरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

54
Shares