मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालबाटै कैलाश र मानसरोवरको दर्शन गर्न सकिने

नेपालबाटै कैलाश र मानसरोवरको दर्शन गर्न सकिने


काठमाडौँ । नेपालबाटै कैलाश र मानसरोवरको दर्शन गर्न सकिने भएको छ । माउन्टेन हेलिकप्टरले कैलाश दर्शन गर्न चाहने पर्यटकका लागि सजिलो हुने गरी यस्तो प्याकेज ल्याएको हो । यसबाट तिब्बत (चीन)को भिषा लिएर मानसरोवर कैलाश दर्शन गर्नुपर्ने झन्झट हुने छैन । समय पनि बचत हुने छ । 
नेपालबाटै हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीको लाप्चीबाट कैलाश पर्वत दर्शन गर्न सकिने व्यवस्था गरेको सीता एयर तथा माउण्टेन हेलीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।
सिंहका अनुसार कैलाश यात्राका लागि चीन सरकारले अप्रिलदेखि सेप्टेम्बरसम्म तीर्थयात्रीका लागि नाका खोल्ने गरेको थियो । तर, कोभिड १९ का कारण सन् २०२० मा यो सम्भव भएन त्यसैको प्रभावले अहिलेसम्म पनि चीनबाट हिल्सा जाने नाका बन्द छ । 
 
हुम्लाको नाम्खा ६ लिमी लाप्चीबाट खुला मौसममा कैलाश र मानसरोवरको दृष्य अवलोकन गर्न सकिन्छ । यो ठाउँलाई तिब्बत र नेपालको सिमा नाका रुपमा लिइन्छ । 
यसले कैलाश दर्शन गर्न चाहने सबैलाई सजिलो हुनाको साथै विशेष गरी अमेरिकी नागरिकता लिएका भारतीय र नेपाली पर्यटकलाई बढी सजिलो हुने सिंहले बताए । 
अमेरिकी पासपोर्ट हुनेलाई चीनको भिषा लिन केही झन्झट छ । तर, यो प्योकजबाट यस्ता पर्यटकलाई निकै सजिलो र समय पनि बचत हुने छ ।
 
यो प्याकेजलाई भारत र अमेरिकामा पनि प्रचार प्रसार गरिने योजना रहेको जानकारी दिए । 
 
नेपालबाट कैलाश पर्वत दर्शन कसरी गर्ने ?
 
लाप्चीबाट कैलाश पर्वत र मानसरोवर दर्शनका लागि तीर्थयात्री नेपालको नाकाबाट आउने गर्छन् । यो यात्रा तय गर्न नेपालगञ्जमा एक रात बिताएपछि भोलिपल्ट बिहान सीता एयरको जहाजबाट सिमकोट पुगिन्छ । सिमकोटमा एक रात बिताउनुपर्ने हुन्छ । 
उक्त क्षेत्र उचाइमा रहेको हुँदा लेक नलागोस् भनेर सिमकोटमा एक रात बास बस्ने प्याकेजमा राखिएको हो । त्यसको भोलिपल्ट बिहान हेलिकप्टरमार्फत लाप्चीमा लगी कैलाश पर्वतको दर्शन गराउने व्यवस्था मिलाइएको सिंहले जानकारी दिए । 
 
हेलिकप्टरमा सिमकोटबाट लाप्चीसम्मको हवाई दुरी करिब २० मिनेटको हुन्छ । तीर्थयात्रीलाई लाप्चीमा कैलाश दर्शनका लागि करिब १५ मिनेटको समय हुन्छ । लाप्ची उचाइमा रहेका कारण १५ मिनेट दर्शन गर्दा उपयुक्त हुने सिंहले बताए । 
यात्रीलाई अक्सिजनको व्यवस्था गरेर त्यहाँ बढी समय बस्न मिल्ने बनाउने योजना पनि रहेको सिंहले बताए । माउण्टेन हेलीले एयरबस कम्पनीद्वारा निर्मित आधुनिक र उचाइमा उडान भर्न सुरक्षित हेलिकप्टरबाट सेवा दिँदै आएको छ ।