मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन


काठमाडौँ । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए  । 
 
शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् । 
 
संघका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र युएईमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।  
 
शनिबार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । 
 
यस्तै कोरोना भाइरसका कारण नेपालमा तीन हजार १० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०८ भने दुई लाख ७० हजार ७७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाटमुक्त भएका छन् ।
 
ज्येष्ठ नागरिकले खोप नलगाउने वा सतर्कता अपनाउने नेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन् । विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन् । कोरोना विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइडलगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ । विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ ।
 
खोप आफ्नै लागि लगाउने हो त्यसैले पनि मनमा कुनै द्विविधा नराखीकनै खोप लगाउन अनुरोध गर्न स्वास्थ्य समितिले आग्रह गरेको छ । यस बाहेक ज्येष्ठ नागरिकले विभिन्न अवस्थामा खोप लगाउनु हुँदैन वा विशेष सतर्कता अपनाउनु जरुरी छ । रासस