मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : वरिष्ठ नेता पौडेल


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताएका छन् । 
 
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन कार्यक्रममा उनले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताए । 
 
राष्ट्रिय सङ्कटको यस घडीमा पार्टीभित्रको एकता पनि आवश्यक भएको बताउँदै उनले भने, “न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ । 
 
कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उनले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गरे । 
 
आफैँभित्र पनि बेलाबेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको उल्लेख गर्दै उनले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उनले यो घीनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पारे ।
 
पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रतीक्षालय एवम् खानेपानीको धारा स्थापना गरी स्व सञ्जय खनालका परिवारजनले पीडामा पनि समाजका प्रति योगदान गरेको बताए । 
 
सेराबेसी स्थायी बसोवास भएका स्वसञ्जयको गत वर्ष कात्तिक ६ गते अन्नपूर्ण आधार शिविर जाने क्रममा हिउँ पहिरोमा परी निधन भएपछि उनका परिवारजनले स्मृतिमा प्रतिक्षालय एवम् खानेपानीको धारा जडान गरिदिएका हुन् । 

शेयर गर्नुहोस:

0
Shares