मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी


चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् ।  
 
नेपाल प्रेस युनियन, चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जान नहुने बताएका हुन् ।  
 
उनले भने, “जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन् । त्यहीअनुसार प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो ।” कांग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नुपर्ने उनको भनाइ थियो ।  
 
उनले थपे “अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई सङ्कटमा राख्नेसँग नभई अरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।” प्रधानमन्त्रीले संसद् विघटन गराएकाले राजनीतिक नैतिकताको दृष्टिले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकिने उनको भनाइ थियो ।  
 
उनले भने, “कांग्रेस अब आउने दुई वर्षपछि नेपाली जनताको जनादेश बोकेर सरकारमा जान्छ ।” कांग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनले बताए ।  
 
उनले नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि  हतियारका बारेमा सम्झौता नहुनुलाई अर्थपूर्णरुपमा कांग्रेसले लिएको बताए ।