मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपा अध्यक्ष दाहाल संसदीय दलको नेता चयन

नेकपा अध्यक्ष दाहाल संसदीय दलको नेता चयन


काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको छ । 
 
ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । 
 
अध्यक्ष दाहाललाई दलका नेताका रुपमा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गरेका थिए भने सांसद् पम्फा भूसालले समर्थन गरेकी थिइन् ।   
 
सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए ।  
 
दलको नेता, उपनेता स्वतः नरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताए ।  
 
बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भत्र्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ । 
 
बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मीलगायतलार्ई धन्वाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिए ।  
 
प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलार्ई असंवैधानिक ठह¥याएकाले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग पनि गरेको छ । 
 
दलको बैठकले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको भने स्वागत गरेको छ । यस्तै ताप्लेजुुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुरुङले जिकिर गरे ।