मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया सुरु

चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया सुरु


काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया सुरु भएको छ ।   
 
प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पु¥याएर उनीहरुलाई छाड्न थालिएको हो । “अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा रहेकाका हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पु¥याएर छाडिने छ”, केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भने । 
 
कति जनालाई शुक्रबार रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पु¥याएर रिहाइको क्रम भने सुरु भइसकेको जनाइएको छ । हप्ताअघि काठमाडौँमा पक्राउ परेका उक्त समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत आज काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको छ ।
 
प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ता विरुद्ध अनुसन्धान चलिरहेको छ । विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करिब एक हजार ८४०  मुद्दा दर्तापछि छुटेका थिए ।
 
सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो । 
 
सहमतिको विस्तृत विवरण आज विशेष समारोहबीच सार्वजनिक गरिएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र  समूहका महासचिव चन्दले सम्बोधन गरेका गिथए ।  
 
सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो । रासस