मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित


नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । 
 
भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ५४८ जना पुगेको छ । 
 
हाल भारतमा एक लाख ७६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ३९ हजारभन्दा बढी कोराना मुक्त भएका छन् ।   
 
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सुरु भएको थियो । भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम सुरु भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप सुरु छ ।
 
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबारसम्म देशभर २१ करोड १ लाखको हाराहारीमा नमुना परीक्षण गरेको छ । सिन्ह्वा