मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री बन्न सभापति देउवालाई सजिलो छैन : वरिष्ठ नेता पौडेल

प्रधानमन्त्री बन्न सभापति देउवालाई सजिलो छैन : वरिष्ठ नेता पौडेल


चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्न काँग्रेस सभापति देउवालाई सजिलो नभएको बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।
 
‘अहिलेको स्थिति नाजुक छ, संकटपूर्ण अवस्थामा छ’, उनले भने, ‘संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन ।’ 
 
सरकार चलाउन प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने उनले बताएका छन् । पौडेलले प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने विषयमा सकरात्मक हुन सकिने बताएका हुन् । काँग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ छ ।
 
‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्त्पूर्ण हुन्छ’, उनले भने । ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले नदिने भन्दै उनले ओली बाहेकलाई सहयोग गर्न सक्ने बताए । 
 
प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने उनले बताए । ‘यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यो सम्बन्धमा अहिले छलफल हुन्छ’, उनले भने ।

शेयर गर्नुहोस:

108
Shares