मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा बनेको छैन : महामन्त्री कोइराला

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा बनेको छैन : महामन्त्री कोइराला


हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् । 
 
रेडियो मकवानपुरको शनिबार हेटौँडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” 
 
महामन्त्री कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । 
 
सो अवसरमा रेडियोको संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याएबापत राससकर्मी रिपेश दाहाललाई सम्मान गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए । रासस
 

शेयर गर्नुहोस:

27
Shares