मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्छु : प्रधानमन्त्री

दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्छु : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । 
 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताए ।  
 
सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उनले  जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उनको भनाइ थियो ।
 
आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्न सुरु भइसकेको र कतै प्रक्रियामा रहेको जनाए ।
 
उनले पूर्व–पश्चिम जोड्ने चारवटा राजमार्ग तीव्रताका साथ निर्माण भइरहेको बताउँदै भने, “हामीले पूर्वपश्चिम नै जोड्ने रेलमार्ग निर्माण अघि बढाइरहेका छौँ ।”
 
आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने लक्ष्य लिइएको उनले बताए । 
 

शेयर गर्नुहोस:

0
Shares