समुन्द्री सतहभन्दा ४२५० मिटर अर्थात् १४ हजार ३७० फिटमाथि त्रिशूली नदीको मुहान, पवित्र धार्मिकस्थल गोसाईंकुण्डको सुन्दरताको जति नै वर्णन गरे पनि अपूरो हुन्छ । राजधानी काठमाडौँबाट माउन्टेन एयरको हेलिकप्टरले २० मिनेटमै गोसाईंकुण्ड पुर्यायो ।
सीता एअरका एमडी राजेन्द्रकुमार सिंह, क्याप्टेन शैलेन्द्र बस्नेत, पत्रकार दाजु विजय घिमिरे र म विकासराज न्यौपानेको यो तीर्थाटन अभूतपूर्व रह्यो ।
गोसाईंकुण्ड पुगेपछि भन्न मन लाग्यो गज्जब गोसाईंकुण्ड !, स्वर्गकै एकटुक्रा गोसाईंकुण्ड ! हरेक नेपालीले एकपटक पुग्नैपर्ने गोसाईंकुण्ड !
प्रतिक्रिया