मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचनमा जुट्न उपप्रधानमन्त्रीको निर्देशन

निर्वाचनमा जुट्न उपप्रधानमन्त्रीको निर्देशन


चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 
 
नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले सोमबार आयोजना गरेको शपथग्रहण कार्यक्रममा उनले तोकिएको समयमा निर्वाचन स्पष्ट गरे । आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।
 
नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उनले सबै कार्यकर्तालाई पुराना अन्तरविरोध त्यागेर निर्वाचनमा जुट्न आग्रह गरेका हुन् । उनले भने, “औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छाडेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ ।” पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उनले बताए । 
 
पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद हो ।”
 
पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको उनले बताए । आजको परिणामको कारण पार्टी एकता हुँदाको समयमा रहेको विषाक्त भ्रूणको हो उनले भने । प्रधानमन्त्रीविरुद्ध अयोग्य भनेर अभियोग पत्र ल्याएपछि विग्रहको बाटोमा लागेका कारण यो समस्या आएको उनले बताए । 
 
राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उनले अहिले एकताको जस्तो आकर्षण हराएको बताए । तीन वर्षको समयमा पार्टीको क्रियाशीलता नभएको भन्दै उनले अबको पार्टीका कार्यकर्ताहरु जिम्मेवारी बन्ने समय आएको जिकिर गरे ।  
 
सो अवसरमा ५९९ जनाको समिति घोषणा गर्दै  शपथग्रहण गराइएको थियो । रासस