मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद् पुनःस्थापनाको विकल्प छैन : वरिष्ठ नेता पौडेल

संसद् पुनःस्थापनाको विकल्प छैन : वरिष्ठ नेता पौडेल


लहान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापनाको विकल्प नभएको औँल्याएका छन् । 
 
मधेस सम्मान यात्राको क्रममा सोमबार सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गरे ।  
 
नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए । 
 
सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै पौडेलले संविधानको कुनै पनि धारामा संसद् विघटनको प्रावधान उल्लेख नरहेका कारण सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गरे ।
 
मधेसलाई बचाउने र जोगाउने काम कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै उनले मधेस र कांग्रेस एकार्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गरे । मधेसवादी दलले मधेसका मुद्दा छोड्नाका साथै आफ्नो पार्टीको नाममा पनि मधेसी  शब्द छोडेको आरोप लगाए । रासस