मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इटलीका राजदूतको कङगोमा हत्या

इटलीका राजदूतको कङगोमा हत्या


नैरोवी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । 
 
देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका बेला उनको हत्या भएको हो ।
 
पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ । 
 
सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 
 
कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ । एजेन्सी