मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा मनाइयो बिडेन पावेलको जन्मदिन

चितवनमा मनाइयो बिडेन पावेलको जन्मदिन


चितवन । स्काउटका जन्मदाता बेडेन पावेलको जन्मदिन अर्थात् २२ फेब्रुअरीका दिन विचार दिवस एवं स्काउट कल्याण सेवा समाज चितवनको स्थापना दिवस एक कार्यक्रमका बीच एकै साथ मनाइएको छ । 
 
स्काउट कल्याण सेवा समाज चितवनका अध्यक्ष एवं नेपाल स्काउट चितवनका पूर्वजिल्ला आयुक्त भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्टरनेसनल स्काउट एण्ड गाइड फेलोसिप नेपालका उपाध्यक्ष एवं निवर्तमान जिल्ला आयुक्त तीर्थराज न्यौपानेले विश्व स्काउटका प्रवर्तक बेडेन पावेलको जन्मदिनमा उनले सिकाएको अनुशासन, स्वाबलम्बन, राष्ट्रभक्ति र चरित्रवान् बन्ने विचार आजपर्यन्त उत्तिकै महत्त्वपूर्ण रहेको चर्चा गरे । 
 
हरेक व्यक्ति अनुशासित र चरित्रवान् बन्ने हो भने राष्ट्रनिर्माणमा योगदान पुग्ने उनको विश्वास थियो । 
 
कार्यक्रममा निवृत्त शिक्षक समाज चितवनका अध्यक्ष हरिराज पौडेल, स्टप वाइ स्टेप सेकेन्डरी स्कुल भरतपुरका प्रिन्सिपल कृष्णप्रसाद भट्ट, प्याब्सन चितवनका पूर्वअध्यक्ष बेलबहादुर गुरुङ, इन्दु सुवेदी, मुक्तिनाथ ढकाल, गीताकुमारी शर्मा पौडेलले बिडेन पावेलको जीवनीबारे चर्चा गरेका थिए ।