
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ ।
इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ ।
खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ । साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ । इजरायलले बजारमूल्य भन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ । एएफपी

हिमालय खबर -
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर
- प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
- कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन
- सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला
- ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु
- नेकपा खारेज गर्ने सर्वोच्चको फैसला, एमाले र माओवादी केन्द्र व्युँतियो (फैसलासहित)
- अनेसास कोलोराडोमा नयाँ नेतृत्व
- आफूहरु नै वैधानिक नेकपा भएको अध्यक्ष प्रचण्डको दाबी
- भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु
- जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान
प्रतिक्रिया