मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिनिधिसभाको विघटन असल मनसायबाट भएको छैन : वरिष्ठ नेता पौडेल

प्रतिनिधिसभाको विघटन असल मनसायबाट भएको छैन : वरिष्ठ नेता पौडेल


सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बिघटन असल मनसायबाट नभएको बताएका छन् । 
 
नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले प्रतिनिधिसभाको विघटन गरेर नेपाली कांग्रेसले अब दुई तिहाइ बहुमत ल्याउँछ भन्ने उद्देश्यले नगरेको आरोप लगाए ।  
वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हुँदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भए पनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिस्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिए । 
 
पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि प्रकाश पारे । 
 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता पौडेल र पार्टीका सभापति कोइरालाले फूल, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । रासस

शेयर गर्नुहोस:

27
Shares