मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त

बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त


लन्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । 
 
केही महिनाअगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइँ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर, शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ ।
 
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।
 
महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् ।राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।  
 
 
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।  
 
उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन । 
 
हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरुका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ । एजेन्सी