मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : सभापति देउवा

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 
 
उनले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको बताए । 
 
“राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो”, सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् । 
 
समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र २०६२/६३ को आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको उनको भनाइ छ । सभापति देउवाले ऐतिहासिक त्यो घडी सम्भव तुल्याउने शहीद एवं जननायक बिपी कोइरालालगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गरे । 
 
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष ऊर्जा सबैलाई प्रदान गर्नेछ भन्ने उनले विश्वास लिएका छन् । रासस