मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संकट समाधानका लागि विप्लवद्वारा संयुक्त सरकारको प्रस्ताव

संकट समाधानका लागि विप्लवद्वारा संयुक्त सरकारको प्रस्ताव


काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अहिलेको संकट समाधानका लागि वैकल्पिक संयुक्त सरकारको प्रस्ताव अगाडि सारेको छ ।
 
विप्लव समूह सरकारसँग वार्ताका लागि सहमत भएसँगै दुवै तर्फका नेताहरुका अनौपचारिक संवाद चलिरहेका छन् । अनौपचारिक प्रस्तावहरु पनि आदानप्रदान भइरहेको छ ।
 
त्यही क्रममा विप्लवको पार्टीले वैकल्पिक संयुक्त सरकारको प्रस्ताव अगाडि सारेको बताइएको छ । प्रतिनिधिसभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रम विश्लेषण गर्दै उक्त पार्टीले संसद् पुनःस्थापना र निर्वाचन दुवै विधिबाट अहिलेको संकटको समाधान नहुने र त्यसका लागि वैकल्पिक संयुक्त सरकारको अवधारणाबाट अगाडि बढ्नुपर्ने पक्षमा विप्लवको पार्टीमा देखिएको छ ।
 
प्रतिनिधिसभा विघटन संसदीय पार्टीहरुको नकारात्मक परिघटना भए पनि त्यसबाट आफनो पार्टीले राजनीतिक फाइदा उठाउनुपर्ने विप्लवको पार्टीको राजनीतिक निष्कर्ष छ ।  वैकल्पिक संयुक्त सरकारको विषयमा रणनीतिक संयुक्त मोर्चामा रहेका मोहन वैद्य (किरण) नेतृत्वको नकेपा क्रान्तिकारी माओवादी, विप्लवको नकेपा, ऋषि कट्टेलको नेकपा र विश्वभक्त दुलाल आहुतिको नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका बीचमा पनि समझदारी जुटेको बताइएको छ ।
 
यी चार पार्टीको मोर्चा निर्माणका क्रममा यी राजनीतिक विकल्पका बारेमा पनि छलफल भई समझदारी बनेको स्रोतको भनाइ छ । जनयुद्ध दिवसको अवसर पारेर विल्लवले जारी गरेको विज्ञेप्तिमा पनि त्यसभित्रको अन्तर्यमा वैकल्पिक संयुक्त सरकारको विषय उठेको छ । 
 
विप्लवले संसदीय व्इवस्था या वैज्ञानिक समाजवाद भन्ने विषयमा जनताको सार्वभौम जनमतबाट निरुपण गर्नुपर्ने कुरा पनि उठाएका छन् । यो भनेको जनमतसंग्रहको प्रस्ताव हो । विप्लवको पार्टीले संसदीय व्यवस्थाको असफलतालाई विभिन्न पार्टीहरुले एकअर्काको पार्टीको पार्टी र गुटको असफलता बताउँदै कसैले पुर्नस्थापना र कसैले चुनावको विकल्प अगाडि सारेर संसदीय गोलचक्करमा घुमाउन चाहेका छन्। 
 
असफल भइसकेको संसदीय व्यववस्थाले जनअपेक्षा अनुसारको निकास दिन नसक्ने देखिएको छ । यसको विकल्पमा वैकल्पिक संयुक्त सरकार गठन गर्नुपर्ने र त्यसै सरकारको नेतृतवमा सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्वारा पुँजीवाद कि वैज्ञानिक समाजवादको फैसल्ला गर्नुपर्ने विप्लवले वक्तव्यमा उल्लेख गरेका छन् ।
 
सार्वभौम जनताको जनमतबाट पुँजीवाद कि वैज्ञानिक समाजवादको फैसला गर्नुपर्ने र त्यो वैकल्पिक संयुक्त सरकारको नेतृतवमा भन्नुको अर्थ नै जनमतसंग्रहबाट खोज्नुपर्ने विप्लवको पार्टीले बताएको हो । पुँजीवाद भनेर विप्लवले अहिलेको संसदीय व्यवस्थालाई चित्रित गर्न खोजेका छन् ।
 
उनले नेपालका कम्युनिस्ट पार्टीहरु पुँजीवादमा रहन चाहन्छन् या समाजवादमा बहस केन्द्रित गर्ने र धुव्रीकरण गर्ने चलाखीका साथ यस्तो राजनीतिक नारा अगाडि सारेको देखिएको छ । यसमा सरकार पक्षले भने अहिलेसम्म ठोस जवाफ दिइसकेको छैन । तर, वार्तामा ल्याउन अनौपचारिक सम्वादमा भने लागेको छ ।
 
यसैबीच, विप्लवको पार्टीले कमाण्ड संरचना भने खारेज गरेको छ । प्रतिनिधिसभा विघटनपछि बसेको वैठकले पार्टीका कमाण्ड संरचना खारेजको निर्णय लिएको थियो । पार्टीका प्रभावशाली नेताहरु र कमाण्डको नेतृत्व सम्हालेका नेताहरु नै पछिल्लो पटक सरकारको नियन्त्रणमा पर्न थालेपछि विप्लवको पार्टीले कमाण्ड संरचना खारेज गरेको हो । कमाण्ड संरचना खारेज गरे पनि व्यूरोको संरचना भने कायमै राखेको छ ।
 
विप्लवको पार्टीको पूर्वी, पश्चिम , मध्यपश्चिम मध्य र सुदुरपश्चिम गरेर ५ वटा कमाण्ड थियो । मध्यपश्चिमका इन्चार्ज चन्द्रवहादुर चन्द (वीरजंग) सुदूरपश्चिमका कमाण्ड इन्चार्ज धर्मेन्द्र बास्तोला पक्राउ परिसकेका छन् ।