मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसले एक्लै सडक सङ्घर्ष गर्छ : आचार्य

कांग्रेसले एक्लै सडक सङ्घर्ष गर्छ : आचार्य


विराटनगर । कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लै सडक सङ्घर्ष गर्ने बताएका छन् । 
 
कांग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकाले सर्वोच्च अदालतले संविधानको मर्म एवं भावनानुसार फैसला सुनाउने विश्वास व्यक्त गरे । 
 
कांग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानका वैधानिक संरचना संरक्षण गर्न सरकार चुकेको छ भन्दै कांग्रेस आफ्नै बलमा सङ्घर्ष गर्न सक्षम रहेको बताए । 
 
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य पवन सारडा, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र पार्टीका उपसभापति शिवनारायण गनगाई र बुद्धिजीवी इन्दिरा प्रसाईंले सरकारले संविधानको भावनानुसार काम नगरेको आरोप लगाए । रासस