मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको लोकप्रियताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल खोज्न थालियो : प्रधानमन्त्री ओली

सरकारको लोकप्रियताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल खोज्न थालियो : प्रधानमन्त्री ओली


बुटवल । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताएका छन् । 
 
राष्ट्रिय स्वाधीनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको उनको भनाइ छ । “पहिले नेपाललाई बोलाउने चलन थिएन तर अहिले खोज्न थालिएको छ, विश्वमञ्चमा नेपालको उपस्थिति अहिले आवश्यकता हुन थालेको छ”, उनले भने । 
 
नेकपा प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको भन्दै केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गरे । 
 
पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनुका साथै पार्टी गतिशील भएको दाबी गरे । “तीन वर्ष पार्टी निस्प्रभावी भयो । गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ । अहिले जनतामा उत्साह छाएको छ”, प्रधानमन्त्री ओलीले भने, “आन्दोलनले शुद्धीकरण खोजेको थियो । अहिले आफैँ महाशुद्धीकरण भएको छ ।” प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पारे ।  
 
पार्टीमा देश बनाउने उद्देश्यमा सहमत हुन नसक्ने तत्व पार्टी छोडेर सडकमा पुगेको बताउँदै उनले ताजा जनादेशका लागि जनतामा जानु प्रतिमगन हो भने तपाइँले कस्तो व्यवस्था खोजेको हो भनी प्रश्न गरे । उनले भने, “देश बनाउने कुरा छैन तर, प्रधानमन्त्री बन्नुप¥यो, अर्कालाई पार्टी अध्यक्ष बन्न मन लाग्यो । मैले महाधिवेशनबाट अध्यक्ष चुन्ने प्रक्रियामा जाउँभन्दा उधारो होइन हाताहाती नगद चाहियो भन्ने ?”
 
तीन वर्षदेखि बन्न नसकेका संवैधानिक आयोग दाहाल–नेपाल पक्ष गएपछि बनेको र काम पनि हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले देश बनाउने सङ्कल्पका साथ नेकपा एकताबद्ध भएर अघि बढेको विचार व्यक्त गरे । सबैले बुझ्ने गरी पार्टी विरोधी गतिविधि हुँदा नेकपा फुट्छ भन्ने आँकलन धेरैले गरेको बताउँदै देशको हित नचाहने बाहिरीएर केही फरक नपर्ने तर्क गरे ।
 
प्रधानमन्त्री ओलीले भने, “हामी देश बनाउन हिँडेका छौँ, त्यसैले जित्छौँ । १० वर्षसम्म प्रचण्डले झुक्याउनु भएको थियो । अब त्यो समय गयो, जनता अलमलिँदैनन् ।” सरकारलाई आलोचना गर्ने क्रममा विकास निर्माणका कामलाई नजर अन्दाज गर्ने काम भएको उल्लेख गर्दै उनले पूर्वाधार विकास निर्माणमा उल्लेखनीय काम भएकाले प्रदेश र स्थानीय तहमा विकासको लहर सिर्जना भएको जनाए । रासस