मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट ब्राजिलमा एकैदिनमा १३५१ जनाको मृत्यु

कोरोना भाइरसबाट ब्राजिलमा एकैदिनमा १३५१ जनाको मृत्यु


साओ पाउलो । ब्राजिलमा गत २४ घन्टामा कोरोना भाइरस संक्रमणको कारण १३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।  
 
सो अवधिमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ । 
 
ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।   
 
कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाखभन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ । 
 
सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजारभन्दा बढी व्यक्ति मुक्त भएका छन् । एजेन्सी