मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति भण्डारी सन्की प्रधानमन्त्रीको प्यादा बनिन् : रामकुमारी झाँक्री

राष्ट्रपति भण्डारी सन्की प्रधानमन्त्रीको प्यादा बनिन् : रामकुमारी झाँक्री


काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्की प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाएकी छन् ।  
 
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौँमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले प्रधानमन्त्रीलाई सन्की भन्दै राष्ट्रपतिलाई सन्कीको प्यादा बनेको आरोप लगाएकी छन् । प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइने उनको भनाइ थियो ।  
 
राष्ट्रपति जस्तो सम्माननीय संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताउँदै रामकुमारीले भनिन्, ‘‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ, बोलिरहने छु ।’ 
 
अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको आरोपसमेत उनले लगाइन् । उनले  भनिन्, ‘मलाई जान्न मन छ, निर्मला पन्त, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ? नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको र अब ढल्ने बेला आइसकेको बताइन् ।