मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

ओलीले कुर्सीमा बस्ने वैधानिक अधिकार गुमाइसके : नारायणकाजी श्रेष्ठ

ओलीले कुर्सीमा बस्ने वैधानिक अधिकार गुमाइसके : नारायणकाजी श्रेष्ठ


काठमाडौँ । नेकपा प्रचण्ड(नेपाल समूहका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि कुर्सीमा बस्ने वैधानिक अधिकार नभएको जिकिर गरेका छन् ।
 
बुधबार काठमाडौँमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले अवैधानिक सरकार भएकाले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने वैधानिक अधिकार नभएको बताएका हुन् ।
 
‘आफैँले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिसकेको अवस्थामा केपी ओली अहिले संसदको सदस्य छैनन् । त्यस्तो अवस्था राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो कामचलाउ सरकार हो भन्ने अवस्थामा बाहेक प्रधानमन्त्री पदमा बस्न मिल्दैन,’ उनले भने । 

शेयर गर्नुहोस:

0
Shares