मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी


याङ्गुन ।  म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दसौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। यसैक्रममा एक महिला गम्भीर घाइते भएकी बताइएको छ । 
 
प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ ।
 
प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर,  कसैको मृत्यु भएको छैन । बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् । 
 
यसैबीच, म्यान्मारको सेनाले नेत्री आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको उक्त दलले दाबी गरेको छ ।  
 
मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ । पार्टीको कार्यालय तहसनहस पारिदिएको यस अवस्थामा कोही कार्यकर्ता भने नभएका जनाइएको छ । 
 
सेनाले जारी गरेको रात्रिकालीन कर्फ्यूका बेला छापा मारेको  बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निषेधाज्ञा लागू गरिएको छ । एजेन्सी