मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : उपसभापति निधि

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : उपसभापति निधि


वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । 
 
नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनीतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनःस्थापना या निर्वाचनमा जानुपर्ने बताए । 
 
सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।  
 
उनले कांग्रेस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताए । रासस