मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : नेता पोखरेल

कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : नेता पोखरेल


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरलेले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताएका छन् ।  
 
राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा संघ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनुपर्ने बताए । 
 
उनले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भने, “त्यसैले अब म आफैँ कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनुपर्छ भनेर म वकालत गर्छु,” उनले भने, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुँदैन ।”
 
उनले पार्टीको एकतापछि तीन वर्षमा पार्टी सबैतिर भए पनि शक्ति र संगठनमा देखिन नपाएको बताए । “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनुपर्नेमा त्यस्तो देखिएन । हाम्रो यही हो भूकम्पको बेला तीन महिनामा २७ हजार टहरा बनाएर नेपाली जनतालाई हस्तान्तरण गरेका थियौँ”, उनले भने, “हाम्रो पार्टी राजनीतिक संगठनमात्र होइन सभ्यता र संस्कृति बोकेर आएको शक्ति पनि हो ।” रासस